अचेल उड्ने बादलहरु, फूलेका फूलहरु, बर्षातमा बर्सीने पानीका थोपाहरु खोलामा बग्ने पानीका लहरहरु, कता जान्छन् कता पुग्छन कता संचय हुन्छन कुनै परबाह लागदैन तर पनी किन कीन मनमोहक लाग्छन ति सबै कुराहरु।
लाग्छ तिनै कुराहरु छन जसले मान्छेलाई सधै साथ दिई रहन्छन् आकाशमा उड्ने वादलहरुले सितलताको अनुभुती गराई रहन्छ, बिभीन्न ठाउँमा फुलेका फुलहरुले सुन्दरताको अनुभुती गराई रहन्छ त बगीरहेको पानीले हाम्रो प्यासलाई मेटाउन मद्धत गर्छ। लाग्छ यि कुराहरुमा हाम्रो धेरै पुरानो सम्बन्ध छ, यिनीहरुमात्र हैन प्रकृतिमा भएका हरेक कुराहरु संग हाम्रो आन्योन्यास्रीत समबन्ध छ।
समयले मलाई यस्तै कुराहरुमा अड्डीरहुँ, लाग्छ यिनै प्रकृतिका लालयीत सुन्दरताहरु संग खेलिरहुँ डुलिरहुँ। बदलिरहेको परिस्थीतिहरु संग दौंतरी मारीरहेका यि स्पनिल यात्राहरु सँग मिली रहेका यि तरङ्गहरुलाई अंगालो मारु, यहि प्राकृतीक छटाहरुसंग लिप्त हुँ बिलीन हुँ।।