Wednesday, 17 January 2018

रामेछाप डायरी

षुस महीनाको उन्नाईस गते म मेरो कामको लागी रामेछाप जिल्ला तिर लाँगे। म संगै मेरा अरु छ जना साथिहरु पनी थिए। रामेछाप मेरा लागी एकदमै नयाँ ठाँउथियो त्यहाँको रहनसहन र रामाजीक जनजिवन संग म एकदमै अपरिचीत थिएँ।
रामेछापको लागी फिल्ड तयार भएको खबर अठार गते बेलुका थाहा पाएँ। नयाँ ठाउँमा जाँदा म प्राय त्यस ठाउँको बारेमा केही जानेर बुझेर हिड्ने गर्थे प्राय तर मलाई यस पटक त्यो सबै गर्नका लागी समय थिएन्।
काठमाण्डौ बाट म सात जनाको टिम लिएर उन्नाईस गते रामेछाप तर्फ लाँगे। हाम्रो टिमका सबै जनाका लागी रामेछाप नयाँ ठाउँ थियो सबैजना ठाउँ कस्तो छ होला भन्ने कुरामा एकदमै उत्साहित देखिन्थे। हामी एउटा शैक्षिक अभीयानमा हिड्ने भएपनी त्यस ठाँउका हरेक कुराहरुमा प्राय सबैको चासो रहन्छ।
बेलुकाको साढें पाँच बजे हामी रामेछापको सदरमुकाम मन्थलि आईपुग्यौ। त्यो दिन मेरो नयाँ ठाँउको बारेमा बुझ्ने कौतुहलता मनमा नै रह्यो।
        म सुदुर पुर्वको मान्छे हरियाली हाम्रो ठाँउको बिशेषता नै हो पानी परी रहने प्राय सबै मौसममा पनी हरियाली खासै हराउदैन हाम्रो ठाँउमा तर म यहाँ एकदमै अनौठो ठाँउमा आईपुगे फुस्रा डाँडा मात्र देखे बिहान उठेर हेर्दा मलाई यस ठाउँका कथाहरु एकदमै कष्टप्रद छन् भन्ने कुरामा कुनै दुईमत नै थिएन्। बिस गतेको लागी मेरो ड्युटी लामो परेन,  दिउसो तिर म र दुई जना साथिहरु तामाकोशिको किनार तिर लाग्यौ। किनारमा पुग्दा म पहिलो अचम्ममा परे पाँच छ वटा पम्प पानी तान्नका लागी राखीएका थिए। ति दृश्यहरुवाट मेरो मनमा नयाँ प्रश्नहरु उत्पन्न भए पानीको शुद्धताको बिषयमा। खोलाको पानी पम्पबाट तानेर प्रयोग गर्दा रहेछन् अलि पर एउटा ईनार थियो ईनारमा पनी मोटर बाट पानी तिनीएको थियो सायद खानका लागी होला। मन्थलि बजार तामाकोशि नदि संगै छ तर पनी त्यहाँ पानीको निकै दुःख रहेछा जलस्रोतको धनि देशका बासीन्दा पनी पानीका लागी निकै कष्ट उठाउदा रहेछन् बल्ल थाहा पाँए।
          केहिदिनको मन्थलि बसाई पछी म फेरी रामेछाप बजार तिर लाँगे। रामेछाप बजार मन्थलि बाट लगभग सोह्र किलोमिटर माथी डाँडामा पर्दो रहेछ ठुलठुला डाँडाहरु छन रामेछापमा तर यहाँको डाँडाहरुका एउटै बिशेषता रहेछ रुखहरु एकदमै कम। फुस्रा डाँडाहरु तिनै डाँडाहरुबिचमा घरहरु उब्जनीहुने माटो खास हो जस्तो लागेन। बारीका छेउमा अलीअली रुखहरु थिए गाईबस्तुका लागी घाँसहुने खालका ति रुखहरुमा मकैका ढोडहरु सुकीरहेका थिए त्यसबाट एउटा अनुमान गर्न सकीन्थ्यो की यस ठाउँमा मकै चै फल्दो रहेछ। पानीका कारणले गर्दा होला सायद घर नजीकका बारीहरु पनी बाँझै थियो। मलाई यस ठाउँको बारेमा अरु पनी घेरै कुराहरु खोजी गर्न मन लागीरहेको थियो वि.सं 2045 साल भन्दा पहीला मन्थलीको सदरमुकाम यही रामेछाप बजार नै रहेछ सायद पछी भौतिक पुर्वाधारको कमीको कारण मन्थलिमा सदरमुकाम सरेको रहेछ।
        केही स्थानियहरुलाई मैले यहाँको बारेमा सोधें केही निश्चीत प्रश्नहरु,  मलाई सबै भन्दा बढी चिन्ता रामेछाप छिर्ने बित्तिकै यहाँका मान्छेहरु पानी कहाँ बाट खान्छन भन्ने मैले यही प्रश्न सोध्दा बुझें 2072को भुकम्प भन्दा पहीला यहाँ साना खालका थुप्रै पानीका मुहानहरु थिए रे त्यस भुकम्प पछी ति मुहानहरु आफै सुकेछन अनी मात्र यहाँ पानीको ठुलो समस्या भएछ। आजभोलि तिन चार दिनमा एकपटक धारामा पानी आउदो रहेछ त्यो पनी पाँच गाग्रो, समस्या ठुलो लाग्यो मलाई मैले स्थानीयहरु संग बुझ्दा पानीको एउटा परियोजना संञ्चालनमा आउन लागेको कुरा थाहा पाँए।
       प्रायजसो यहाँ चिसो महीनामा निकै जाडो हुँदो रहेछ चिसो हावा दुई तिरबाटै चल्ने भएकोले बिहान बेलुका निकै जाडो हुँदो रहेछ। रामेछाप जिल्ला भुकम्पले निकै क्षती गरेको जिल्लाका रुपमा पर्छ। भुकम्प पछिका पुन: निर्माणका कामहरु पनी भईरहेको रहेछ। ग्रामीण भेगको बजारका रुपमा रहेको यस बजारमा बिहीवार हाट लाग्दो रहेछ। बिहानको झिसमिसे उज्यालोमा नै यहाँ बजार भर्न मान्छेहरु आउने गर्दा रहेछन् प्रायजस्तो दैनीक उपभोग्य सामानहरुको ब्यापार हुने यस बजारमा  निर्माण सामाग्रीका पनी थुप्रै पसलहरु रहेछन्। बजारबाट पाँच किमी जति माथि एउटा देविस्थान पनि रहेछ छुट्टीको समय मिलाएर म त्यहाँ पनी पुगे। सल्लाहरुको रुखहरुले ढाकेको त्यो डाँडामा रमाईलो नै थियो।
         मेलै रामेछापको बसाईमा थुप्रै कुराहरु सिक्न पाँए। नेपालमा विभिन्न किसीमको हावापानी र धेरै प्रकारको रहनसहन नजीकबाट नियाल्न पाउँदा म आफैलाई निकै भाग्यमानी ठान्छु।

No comments:

Post a Comment

The Eastern Paradise of Ilam Nepal "Shree Antu Ilam"

  Shree Antu lies in Ilam District in Province No.1 of eastern Nepal. It is a tourist destination famous for the view of sunrise. It is beli...