नेताहरु कुर्सीमा व्यस्त
मन्त्रीहरु भ्रष्टाचारमा व्यस्त
न्यायाधीश अपराधी छुटाउन व्यस्त
जनता विरोधमा व्यस्त
प्रहरी प्रदर्शन दमन गर्न व्यस्त
विद्यार्थी परीक्षा दिँदा कोरोना लाग्छ
भनेर सडकमा आन्दोलन गर्न व्यस्त
सामाजिक अभियन्ता इन्टरभ्यु दिन व्यस्त
अभिनेता अभिनेत्री एक अर्कालाई सिध्याउनमा व्यस्त
कृषक खेतबारी व्यस्त
युट्बरहरु कन्टेन्ट खोज्नमा व्यस्त
गरिब दुखि बाढी परिरोमा जोगिन व्यस्त
NGO/INGO राहत बाढेझैं गर्नमा व्यस्त
कोहि नानि फ्याक्नमा व्यस्त
कोहि एसिड हान्नमा व्यस्त
कोहि सडकमा व्यस्त
कोहि सदनमा व्यस्त
कोहि इन्टरनेटमा व्यस्त
हिमाल पग्लिनमा व्यस्त
पहाड बग्नमा व्यस्त
तराई डुब्नमा व्यस्त
कोरोना भिडभाडमा मस्त
जय होस्
© सृजन शर्मा
No comments:
Post a Comment